कञ्चनपुरमा माओवादी केन्द्रले खाता खोल्यो

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

कञ्चनपुरमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ। माओवादी केन्द्रले बेलौरी नगरपालिका १ मा जित निकालेको हो। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेलौरी नगरपालिका १मा माओवादीको प्यानलै निर्वाचित भएको छ। माओवादीका धन बहादुर विष्ट निर्वाचित भएका छन्। 

विष्टले एमालेका नवराज शाहीलाई १सय ७ मतको अन्तरले हराउँदै निर्वाचित भएका हुन। विष्टले ६ सय ५९, एमालेका शाहीले ५ सय ५२ र काँग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका थिए।  बेलौरी १मा १ हजार ६ सय ४८ मत खसेका थिए। 
 

सम्पादकको रोजाइ

सुझावित समाचार