ललितपुर महानगरपालिकाको मतगणना सुरु

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाको मतगणना सुरु भएको छ। महानगरपालिकाको मतगणना स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा वडा नम्बर १ बाट सुरु भएको हो। जम्मा २९ वटा वडा रहेको ललितपुर महानगरपालिकाको नयाँ नेतृत्वका लागि भएको स्थानीय तह सदस्य निर्वाचनमा आज सबै वडाहरुको मतपेटिका जम्मा गरेर मतगणना सुरु गरिएको हो। 

ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता चिरिबाबु महर्जन र नेकपा एमालेको तर्फबाट नेता हरिकृष्ण व्यञ्जनकारले उम्मेदवारी दिएका छन्। दुई दलका नेताहरूको बीचको प्रतिस्पर्धालाई महत्त्वपूर्ण रुपमा हेरिएको छ। वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको आज देशभर मतपेटिका जम्मा गरेर मतगणना कार्य सुरु भइरहेको छ।  
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार