कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा राष्टिय प्रजातन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ। पाँच सय मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी उम्मेदवार होमबहादुर गुरुङले एक सय ८३ मत पाएर सुरुवाती अग्रता बनाएका छन्।
नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार राजसमझ चौधरीले एक सय ४०, नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीले एक सय पाएका छन्। कैलारीमा माओवादी र कांग्रेससँगै राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि बलियो प्रभाव छ ।