धनगढी उपमहानगरमा मतगणना सुरु

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

धनगढी उपमहानगरपालिकामा मतगणना सुरु भएको छ। धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनमा केहीबेरअघि मतगणना सुरु भएको हो। 

९३ हजार एक सय २५ मतदाता रहेको धनगढीमा करिब ६५ प्रतिशत मत खसेको छ। कैलालीको टीकापुर, गोदावरी, घोडाघोडी नगरपालिका तथा बर्दगोरिया र कैलारी गाउँपालिकामा पनि मतगणना सुरु भएको छ। 
 

सम्पादकको रोजाइ

सुझावित समाचार