नेपालगन्ज उपमहानगरपालिकाको मत गणना सुरु भएको छ । बिहान ८ बजेदेखि मत गणना हुने भनिए पनि दुई घन्टा ढिलो गरी सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ नम्बर वडाबाट मत गणना सुरु गरिएको छ । त्यसलगत्तै वडा नं. १ को पनि गणना सुरु भएको निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए । गणना भइरहेको वडा नं. २३ मा ५० प्रतिशत मत बदर देखिएको छ ।
नेपालगन्ज उपमहानगरमा एमालेका पशुपति दयाल मिश्र, कांग्रेस–जनता समाजवादी पार्टीको तर्फबाट प्रशान्त विष्ट र राप्रपाका नन्दलाल वैश्य मेयरका लागि प्रतिस्पर्धामा छन् ।