रामारोशन गाउँपालिका वडा नम्बर १ मलातीकोटमा माओवादीका चक्र साउदको प्यानलै विजयी भयाे भने कमलबजार नगरपालिका वडा नम्बर १० मा कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छन्
अछाम जिल्लामा वडा तहको मतपरिणाम आउन सुरु भएको छ । अहिलेसम्म एउटा वडामा नेकपा माओवादी केन्द्र र एउटामा कांग्रेसले विजयी हासिल गरेको छ ।
जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर १ मलातीकोटमा माओवादीका चक्र साउदको प्यानलै विजयी भएको छ । साउदले ५ सय १९ मत पाएका छन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीको गठबन्धनले वडाध्यक्षमा १ सय ६८ र एमालेका उम्मेदवारले ८० मतका साथ पराजय भएका छन् ।
सो वडामा माओवादीकै नरराज खनाल, लाली भण्डारी, डम्बरा साउद र जमुना विक सदस्यमा विजयी भएका छन् । यो वडाबाट गाउँपालिका अध्यक्ष पदकालागि नेकपा माओवादी केन्द्रलाई ५ सय १० र उपाध्यक्षलाई ४ सय ५९ मत प्राप्त भएको छ ।
यसैगरी कमलबजार नगरपालिका वडा नम्बर १० मा कांग्रेसका भिमबहादुर बिष्ट विजयी भएका छन् । उनले ४ सय ५२ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले ३ सय ४६ मत ल्याएर पराजित भए । अछाममा मतगणना भइरहेका दुई गाउँपालिका र एक नगरपालिका मध्ये कमलबजार नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिमा कांग्रेसले अग्रता लिएको छ भने रामारोशन गाउँपालिकामा माओवादीको अग्रता छ ।
जिल्लाको मंगलसेन नगरपालिका, ढकारी गाउँपालिका लगायतका केहि स्थानीय तहमा पनि मतगणनाको तयारी भइरहेको छ ।