मनाङको नासों गाउँपालिकामा कांग्रेसका उम्मेदवार धन बहादुरको अग्रता

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

मनाङको नासों गाउँपालिकामा  सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । का‌ंग्रेसका अध्यक्षका उम्मेदवार धनबहादुर गुरुङले ५ सय ७८ मत ल्याएका छन् । एमालेका मनबहादुर गुरुङले ५ सय ३ मत ल्याएका छन् ।

गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बेदबहादुर गुरुङले उपाध्यक्षमा ६ सय ७५ मत ल्याएका छन् । एमाले समर्थनका स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ३ सय ५२ मत ल्याएका छन् ।  मनाङको सवैभन्दा तल्लो क्षेत्र नासों गाउँपालिकामा १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत अर्थात ८३  प्रतिशत मत खसेको थियो ।

सम्पादकको रोजाइ

सुझावित समाचार