रसुवाको आमाछोदिङ्मो–१ मा एमालेको प्यानलै विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा (एमाले)को प्यानलै विजयी भएको छ। एमालेका साङलामा तामाङ २ सय ९० मत ल्याएर विजयी भएका हुन्।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का पासाङदे तामाङले २ सय ४८ मत ल्याउँद नेपाली कांग्रेसका देवि तामाङले २ सय ४१ मत ल्याए।

२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नयाँ शक्तिले विजय हासिल गरेको थियो। यसपटक नयाँ शक्तिको टिम नै एमालेमा प्रवेश गरेका कारण एमाले विजयी भएको हो।

सुझावित समाचार