मतदातालाई घर लैजाने विषयमा झडप हुँदा सोलुखुम्बुमा एकको मृत्यु

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

सोलुखुम्बुको सोताङ गाउँपालिकामा मतदातालाई घर लैजाने विषयमा भएको दोहोरो झडपमा एक जनाको मृत्यु भएको छ । वडा नम्बर ३ मा भोट खासल्न आएकी विरामी वृद्ध महिलाको मृत्यु भएपछि कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा अर्का एक जनाको मृत्यु भएको हो । 

शुक्रबार  साँझ भएको घटनमा घाइते भएका ३५ वर्षीय सुदिप राईको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु  भएको प्रहरी नायव उपरिक्षक सुनिलजंग शाहले बताए । 

कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट माओवादी निकट रहेका राईको टाउकोमा गम्भीरु चोट लागेको थियो । त्यस्तै घटनामा केही कांग्रेस कार्यकर्ता घाईते भएका छन् । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मत खासल्न बोकेर बृद्ध महिला ल्याएको तर मतदान गरिसके पछि भने घर पु¥याउन वेवास्ता गरेको आरोप कांग्रेसले लगाएपछि दुई समुहबीच झडप भएको हो । दमको विरामी ती वृद्ध महिलाको भने हिजो साँझ नै मृत्यु भएको थियो । सोताङ गाउँपालिकामा अहिले मतगणना रोकिएको छ । 

See More On

सुझावित समाचार