सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । ४ सय ५४ मत खसेको उक्त वडामा कांग्रेसका मिङ्मार ग्याल्जे शेर्पा २ सय १६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका छिरिङ शेर्पाले १ सय ९५ मत ल्याए । चार जना वडा सदस्यमा पनि कांग्रेस नै विजयी भएको छ ।
उक्त वडाबाट कांग्रेसबाट पालिका अध्यक्षकी उम्मेदवार मिना कार्कीले २ सय ११ मत ल्याएकी छिन् भने माओवादीका उम्मेदवार डम्बरबहादुर बस्नेतले १ सय ८७ मत पाएका छन् ।त्यस्तै नेकपा एमालेका उम्मेदवार पोष्टकुमार कार्कीले २३ मत मात्र प्राप्त गरेका छन् ।