काठमाडौ महानगरपालिकाको मतगणना सुरु भएको छ । काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो ।
तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए । शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो ।