वीरगन्ज महानगरपालिकाको मतगणना ११ बजेदेखि सुरु हुने

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एक मात्र महानगरपालिकाका वीरगन्ज महानगरपालिकाको मतगणना आज बिहान ११ बजेदेखि सुरु गरिने भएको छ । वीरगन्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय हुने मतगणनाको कार्यका लागि अहिले सर्वपक्षीय तथा सर्वदलीय छलफल सकिएकाे छ ।  

बिहान ९ बजे बसेको सर्वदलीय बैठकले ११ बजे बाट मतगणना सुरु हुने निर्णय गरेको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । आज बिहान ८ बजे बस्ने भनिएको बैठक ९ बजे बसेको र सर्वदलीय बैठकको निर्णय अनुसार ११ बजे मतगणना सुरु गरिने पौडेलले बताए । 

मतगणनाको तयारीका लागि उक्त विद्यालयको ‘सी’ ब्लकमा मतगणना कक्षमा आवश्यक फलामे तारजालीसहित सिसिटिभी जडान गरिएको हो । जिल्लामा रहेका कुल १४ पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा कुल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । १४ पालिका रहेको जिल्लामा हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रोलिंगी गरी कुल तीन लाख ३९ हजार ८३६ जना मतदाता रहेका थिए ।  

जिल्लाको जिराभवानी र ठोरी गाउँपालिकाको मतगणना सुरु भएको छ । अन्य पालिका मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । जिल्लामा मधेस प्रदेशको एक मात्र महानगरपालिका, वीरगन्ज महानगरपालिकासहित अन्य तीन नगरपालिका र १० गाउँपालिका रहेका छन् । अधिकांश पालिकामा सर्वपक्षीय छलफल भइरहेकाले तत्पश्चात् मतगणनाको काम अघि बढाइनेछ ।

मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभी जडान गरिएको छ । विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा लागि कुल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा हाल एक लाख ४८ हजार २८३ जना महिला र एक लाख ९१ हजार ५३७ पुरुष र १६ तेस्रोलिंगी गरी तीन लाख ३९ हजार ८३६ मतदाता रहेका थिए ।     

सुझावित समाचार