कन्काई नगरपालिकामा कांग्रेसका बागी उम्मेदवारको अग्रता कायमै

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

झापाको कन्काई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेबहादुर थापाको अग्रता कायमै छ । अहिलेसम्म ६५० मतगणना गर्दा  थापाले २ सय ९१ मत ल्याएका छन् । थापा कांग्रेसका बागी उम्मेदवार हुन् ।

उनलाई १ सय ७३ मत ल्याएर एमाले उम्मेदवार राजेन्द्रकुमार पोखरेलले पछ्याइरहेका छन् । त्यस्तै, कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६० मत ल्याएका छन् भने राप्रपाका श्यामसुन्दर ओलीले २५ मत ल्याएका छन् । 

उपप्रमुखमा  एमालेकी मञ्जु प्रसाईंले  २३० कांग्रेसकी आशा शर्माले  १८४ र राप्रपाकी सचित्रा खनाल चुडालले  ४५ मत ल्याएकी छिन् । 

सुझावित समाचार