स्थानीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १ बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।
उक्त वडामा ४०० मतगणना हुँदा कांग्रेसका नगर प्रमुख पदका प्रत्यासी खेलराज पाण्डेले सुरुआती अग्रता लिएका छन् । उनले २१५ प्राप्त गरेका छन् भने, राप्रपाका मृगेन्द्रकुमार शेरचनले १७३ र एमालेका बाबुराम भट्टराइले ७८ मत प्राप्त गरेका छन् ।
यसैगरी सिद्धार्थनगर नगरपालिकाको वडा नं १ मा ७९२ मत गणना हुँदा कांग्रेसको ३९१ मत, राप्रपाको १६५ मत र एमालेको ६२ मत रहेको छ । अन्य पालिकाबाट पनि प्रारम्भिक परिणाम आउन थालेका छन् ।
जिल्लामा १६ पालिकामध्ये एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका छन् । शुक्रबार सम्पन्न मतदानमा जिल्लाभरिमा ७१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।
बुटवल उपमहानगरमा कांग्रेसको अग्रता
जिसस लमजुङमा एमालेको प्यानलै निर्वाचित
४ वर्ष अघि
जिसस रुपन्देहीमा गठबन्धनको प्यानलै विजयी
४ वर्ष अघि
जिसस उदयपुरको निर्वाचन : यस्तो छ अंकगणित
४ वर्ष अघि
सुझावित समाचार
इलाम उपनिर्वाचन : माङ्सेबुङ ५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन
प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको म…
इलाममा तीन हजार बढी मतले सुहाङको अग्रता कायमै
इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी …
बझाङमा कांग्रेसको झिनो अग्रता, अब दुई पालिका गन्न बाँकी
बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा कांग्रेसले अग्रता कायम राखेको छ। अब दुई पालिका गन्न बाँकी रहँदा कांग्रेस झिनो म…
बझाङ १ मा कांग्रेसको अग्रता
उपनिर्वाचनअन्तर्गत बझाङ क्षेत्र नम्बर (१) मा भएको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो…
इलाम २ मा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस
इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी …
मन्त्री बडू र भुवन केसीलाई स्पष्टीकरण
निर्वाचन आयोगले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं दार्चुलाका कांग्रेस उम्मेदवार दिलेन्द्र बडूलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आ…