डडेल्धुराको अमरगढी र गन्यापधुरामा कांग्रेसको अग्रता

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

नेपाली  कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसले अग्रता लिएको छ । 

वडा नम्बर–१ को सुरुवाती पाँच सय पाँच मतगणना हुँदा कांग्रेसका मेयर उम्मदवारले २ सय ३४ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि कांग्रेस नै अघि छ । उपमेयरका उम्मेदवारले २ सय ३७ मत प्राप्त गरेका छन् । यस्तै, एमाले र कांग्रेस (बिपी)को गठबन्धनका उम्मेदवार कांग्रेसभन्दा पछाडि देखिएका छन् । मेयरमा कांग्रेस बिपीका उम्मेदवारले २ सय ४ प्राप्त गरेका छन् भने उपमेयरले २ सय ३ मत प्राप्त गरेका छन् ।

यस्तै, देउवाको गृहपालिका  गन्यापधुरामा कांग्रेसको अग्रता कायमै छ । कांग्रेसलाई कांग्रेस (बिपी)ले पछ्याइरहेको छ ।अहिलेसम्म कांग्रेसका उम्मेदवार इद्रबहादुर कार्कीले ५ सय मत प्राप्त गरेका छन् भने कांग्रेस बीपीका अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर मालीले २ सय ७६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४ सय ५२ मत प्राप्त गरेकी छिन् भने एमालेका इन्द्रबहादुर महराले २ सय ७५ मत प्राप्त गरेका छन् । त्यहाँ कांग्रेस बिपी र एमालेबीच गठबन्धन रहेको छ ।

सुझावित समाचार