डडेल्धुराकाे सात पालिकामध्ये पाँच पालिकामा मतगणना सुरु भएको छ । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिका,परशुराम नगरपालिका,गन्यापधुरा गाउँपालिका,नवदुर्गा गाउँपालिका र आलिताल गाउँपालिमा मतगणना सुरू भएको डडेल्धुरा जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराका प्रमुख हरिप्रसाद पंगेनीले बताए ।
अन्य दुईवटा पालिकामा आजै मतगणना सुरू हुने पंगेनीले बताए । भागेश्वर गाउँपालिकामा शनिबार बिहान १० बजेपछि सुरु हुने सहायक निर्वाचन अधिकृत हर्ष रोकाले बताए ।