शान्तपुर्ण अवस्थामा मतदान सम्पन्न भएको मोरङका पालिकाहरुमा धमाधम शान्तपुर्ण रुपमा मतगणना हुन थालेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म मोरङको उर्लाबारी, बेलबारी, लेटाङ, सुनवर्षी र रंगेली नगरपालिकामा मतगणना सुरु भइसकेको छ ।
यस्तै मिक्लाजुङ, कटहरी, कानेपोखरी र ग्रामथान गाउँपालिकामा पनि मतगणना सुरु भइसकेको छ । विराटनगर महानगरपालिकामा बिहान ८ बजेबाट मतगणना सुरु हुने भनिएपनि दलका प्रतिनिधिहरु सहभागी हुन ढिलाई हुँदा केही ढिलो हुने भएको छ ।
यस्तै अन्य पालिकाहरुमा पनि धमाधम मतगणना सुरु हुने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मोरङमा एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका छन ।