कञ्चनपुरको लालझाडी ६ मा कांग्रेस उम्मेदवारकाे प्यानल विजयी

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

कञ्चनपुरमा नेपाली कांग्रेसले विजयको खाता खोलेको छ । लालझाडी गाउँपालिका  वडा नम्बर  ६मा  वडाध्यक्षका उम्मेदवार हर्क नारायण जोशीको प्यानलै निर्वाचित भएको हो ।  

निर्वाचन अधिकृतको कार्यालयले दिएका जानकारी अनुसार जोशीले आफ्ना निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका फुलाराम चौधरीलाई १ सय १५मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

 जोशीले ४ सय ६४, चौधरीले ३ सय ४९ र एमालेका उम्मेदवार जित बहादुर चौधरीले २ सय ६६ मत ल्याएका छन् । कञ्चनपुरको लालझाडी, बेलौरी, बेलडाँडी, दोधाराचाँदनीमा मत गणना सुरु भएको छ । बाँकी पालिकामा आजदेखि हुनेछ ।

सुझावित समाचार