भरतपुरको मतगणना शुरु गर्न सर्वदलीय बैठक

शनिबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

भरतपुर महानगरपालिकामा मतगणना सुरू गर्न सर्वदलीय बैठक बसिरहेको छ।भरतपुरका २९ वटै वडामा मतदान सकिएपछि मुचुल्का उठाएर चितवन उद्योग संघको प्रदर्शनी केन्द्रस्थित मतगणना स्थलमा मतपत्र ल्याइएको छ। 

मतगणना उद्योग संघको प्रर्दशनी केन्द्रको ‘सी’ ब्लकमा हुँदै छ । मतगणना हुने स्थलमा सात फिट अग्लो तार जालीसहितको फलामको बार लगाइएको छ ।

निगरानी गर्न ८ वटा सीसीटीभीसमेत जडान गरिएको छ । वि. सं २०७४ को मत गणनाको क्रममा मत पत्र च्यातिएपछि अहिलेको गणनामा त्यस्तो नहोस् भनेर सबै खालको तयारी गरिएको जनाइएको छ।
भरतपुर महानगरमा २९ वडा छन्। 
 
महानगरमा  ६५ मतदान स्थालमा २०२ मतदान केन्द्र रहेको थियो ।
स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मेयरमा गठबन्धनबाट रेनु दाहाल र राप्रपासँग सहकार्य गरेर एमाले विजय सुवेदीलाई उम्मेदवार बनाएको छ। बढीमा एक साताभित्र मतगणना सक्नेगरी तयारी भइरहेको बताइएको छ ।

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार