देशभर ६४ प्रतिशत मतदान, अपेक्षाअनुसार मतदान नभएको आयोगको ठहर(भिडियोसहित)

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

शुक्रबार भएको स्थानीय तहमा देशभर ६४ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दिएको जानकारीअनुसार काठमाडौंमा मात्रै ५२ प्रतिशत मतदान भएको छ ।

मतदान भएका स्थानमा ७४ प्रतिशतसम्म मतदान भएको आयोगको भनाइ छ । निर्वाचनका क्रममा छिटफुट र केही अप्रिय घटना भए पनि शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको आयोगको ठहर छ । आयुक्त थपलियाले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए । 

 थपलियाका अनुसार १४ जिल्लाका १७ स्थानीय तहका २८ स्थानका ४४ मतदान केन्द्रको निर्वाचन स्थगित भएको छ । राजनीतिक दलको विवाद र मौसम प्रतिकूलताका कारण स्थगित भएका केन्द्रमा वस्तुस्थिति हेरेर निर्वाचन गर्ने आयोगले जनाएको छ । अपेक्षाअनुसार मतदान नभएको आयोगको ठहर छ । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार