५ बजेसम्म रुपन्देहीमा ७० प्रतिशत मत खस्यो

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

रुपन्देहीमा अपराह्न ५ बजेसम्म ७० प्रतिशत मत खसेको छ । बुटवल उपमहानगर पालिकाको केही वडामा मतदान जारी रहेकाले केही बढ्न सक्ने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।

 रुपन्देहीमा १६ पालिकाहरूमा रहेको २०७ मतदान केन्द्रबाट ७० प्रतिशत मत खसेको हो । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए । निर्वाचन कार्यालयले सर्वदलीय बैठक बसेर रातिदेखि नै मतगणना थाल्ने तयारी भइरहेको भण्डारीले जानकारी दिए ।
 

See More On

सुझावित समाचार