वीरगन्ज महानगरमा ७५ प्रतिशत मत खस्यो

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकामा करिब ७५ प्रतिशत मत खसेको छ । महानगरपालिकाका ३२ वडामा शान्तिपूर्ण रूपमा ७५ प्रतिशत मत खसेको सहायक प्रमुख निर्वाचन अधिकृत जयप्रकाश काफ्लेले जानकारी दिए ।

उनका अनुसार अब केही बेरमा महानगरपालिकाको मतपेटिका मतगणनास्थल नृसिंह माविमा पुर्याइनेछ । निर्वाचन आयोगले बेलुका आठ बजेबाट मतगणना सुरु हुने जनाएको छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार