डेढ घन्टा पिठ्युँमा बोकिएर ७५ वर्षीया महिलाले गरिन् मतदान

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

जिल्लाको खत्याड गाउपालिका–८ रिगागाउँकी एक ७५ वर्षीया जेष्ठ नागरिक महिलाले डेढ घन्टा पिठ्युँमा बोकिएर मतदान गरेकी छिन् । रिगागाउँबाट ६ जनाले पालैपालो पिठ्युँमा बोकेर डेढ घन्टाको समय लगाई मत हाल्न मतदान केन्द्र पुगेको उनका नाति महेन्द्र सन्ज्यालले बताए ।

‘गाउँका भाइ छोरालाई पिठ्युँमा बोकाएर भए पनि आफ्ना मान्छेलाई मत हाल्न आएकी हुँ, वृद्ध महिलाले भनिन्, ‘मेरो मतले मेरो मान्छेको विजय होस् ।’ उनले खत्याड गाउँपालिका–८ आम गाउँमा  रहेको श्री सरस्वती आधारभूत विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।

See More On

सुझावित समाचार