रामेछापमा ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । जिल्लाको खाँडादेवी गाउँपालिका–१ राकाथुम र मन्थली नगरपालिका–१२ गेलुको सिक्राल मतदान केन्द्रमा पार्टीका कार्यकर्ताहरूबीच भएको विवादका कारण अहिले मतदान प्रक्रिया अवरुद्ध भएको छ ।
यसबाहेक सबै मतदान केन्द्रहरूमा अहिले सहज रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत मधुकर शाहले जानकारी दिए ।
उनका अनुसार मतदान प्रक्रिया अवरुद्ध भएको दुईवटा केन्द्रमा अहिले पनि उम्मेदवार र मतदान अधिकृतबीच छलफल भइरहेकाले चाँडै मतदान प्रक्रिया सुचारु हुने आशा गरिएको निर्वाचन अधिकृत शाहले बताए ।