हुम्लाको खार्पुनाथमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, १० जना घाइते

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

हुम्लाको खार्पुनाथ गाउँपालिका–१, लालिको मालिका माध्यमिक विद्यालयमा गठबन्धन र एमाले कार्यकताबीच झडप भएको छ । मतदान प्रक्रियामा सहयोगी राख्ने विषयमा विवाद चर्किएपछि गठबन्धन र एमाले कार्यकर्ताबीच झडप हुँदा १० जना घाइते भएका छन् ।  

गाउँपालिकामा नेकपा माओवादी केन्द्र र  नेपाली कांग्रेसबीच तथा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच तालमेल रहेको छ ।  झडप भएसँगै तत्कालका लागि मतदान प्रक्रिया स्थगित भएको छ । हालसम्म यहाँ ४६० मत खसेको छ भने ४०० मत खस्न बाँकी छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार