कालिकोटको एक मतदानस्थलमा विवाद, मतदान स्थगित

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

कालिकोटको पचालझरना गाउँपालिका–१ को खयरकोटमा रहेको कालिका मावि मतदान केन्द्रमा राजनीतिक दलहरूबीच विवाद हुँदा मतदान स्थगित गरिएको छ। मतदानका विषयमा माओवादी केन्द्रका कार्यकर्ता र कांग्रेसका कार्यकर्ताबीच विवाद हुँदा मतदान स्थगित गरिएको हो।

मतदान केन्द्रमा ५८८ मतमध्ये ३१६ मत खसेपछि विवाद भएको मतदान केन्द्रका मतदान अधिकृत रचना गुरुङले बताइन्। अहिले पुनः मतदानका विषयमा राजनीतिक दलहरूसँग छलफल भइरहेको उनले जानकारी दिइन्। जिल्लाका अन्य मतदान केन्द्रमा भने शान्तिपूर्ण तरिकाले निर्वाचन भइरहेको र दिउँसो साढे १२ बजेसम्म ४० प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।

सम्पादकको रोजाइ

सुझावित समाचार