जुम्लाको शंकर मावि मतदानस्थलमा झडप, मतदान रोकियो

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय मावि मतदानस्थलमा नेपाली कांग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको छ। दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि विवाद भएको हो। 'अहिले मतदान कार्य रोकिएको छ,' उनले भनिन्, 'मतदान स्थगित नै भएको होइन। रोकिएको मात्र हो।'
 
गुठीचार गाउँपालिकास्थित निर्वाचन अधिकृत मतदानस्थलमा पुगेपछि सर्वदलीय छलफलपश्चत पुनः मनदान कार्य सुरु हुने उनले बताइन्। यो मतदान केन्द्रमा एक हजार ७ मध्ये ३१२ मत मात्रै खसेको छ।

सुझावित समाचार