बेलडाँडीमा १०५ वर्षकी वृद्धाले गरिन् मतदान

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण
बेलडाँडीमा १०५ वर्षकी वृद्धाले गरिन् मतदान

तस्बिर : कञ्चनपुरको बेलडाँडी गाँउपालिका–३ सिद्धनाथ मावि खैरिघाटमा १०५ वर्षिया वृद्धा

कञ्चनपुरको बेलडाँडीमा १ सय ५ वर्षकी एक वृद्धाले मतदान गरेकी छिन्। बेलडाँडी गाँउपालिका–३ खैरीघाटको सिद्धनाथ माविको मतदान केन्द्रमा १ सय ५ वर्षकी वृद्ध लालमती सिंहले मतदान गरेकी हुन्।

सिद्धनाथ मावि (ख) मतदान केन्दका अधिकृत विष्ना चौधरीले १०५ वर्षकी वृद्धाले पहिलो मतदान गरेको बताइन्। ‘यहाँ बिहान ७ः१० तिर आउनुभएको थियो, ‘उनले भने, ‘जेष्ठ नागरिक भएकाले पहिलो प्राथमिकतामा मतदानको व्यवस्था मिलाइएको थियो।’ सिंह खैरीघाटको बाग टोलमा बस्दै आएकी छिन्।

जीवनको उत्तरार्धमा सिंहले मतदान गर्न पाएकोमा खुसी व्यक्त गरिन्। बेलडाँडीमा १४ हजार ७३७ मतदाता रहेका छन्।

सुझावित समाचार