स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

स्याङ्जाको वालिङ अर्खलाबासमा मतदाता बोकेको जिप दुर्घटना भएको छ। दुर्घटनामा १३ जनाको मृत्यु भएको स्याङ्जा प्रहरीले बताएको छ। सिख्रेबाट बालिङतर्फ गइरहेको ग २ प ३०२६ नम्बरको जिप अर्खलाबासमा दुर्घटना भएको हो। 

दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरा पठाइएको छ भने १ जनाको वालिङमा नै उपचार भइरहेको छ।

तस्बिर : प्रदीप कोइराला र चोलाकान्त बगाले

सुझावित समाचार