वीरगन्ज महानगरपालिकामा नगरप्रमुखका तीनै उम्मेदवारले मतदान गरेका छन्। सत्तागठबन्धनबाट जसपाका उम्मेदवार बनेका राजेशमान सिंहले वडा नम्बर ३ स्थित मालपोत कार्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्।
नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार विजय सरावगीले वीरगन्ज– १४ पिपरा मतदान केन्द्रबाट तथा राप्रपाका उम्मेदवार गिरीश गिरिले वडा नम्बर– ९ को रेल्वे विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन्।