लमजुङमा एक सय ८२ वटै मतदान केन्द्रबाट मतदान प्रक्रिया जारी छ। मतदानलाई सुरक्षित र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका सबै अंग परिचालित भएका छन्। मतदाता बिहानैदेखि लामबद्ध भएर बसेका छन्।
जिल्लामा हालसम्म करिब २५ प्रतिशत मत खसेको छ। जिल्लाका सबै मतदान केन्द्रमा कुनै समस्याविना मतदान भइरहेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ। कुनै पनि मतदान केन्द्रमा समस्या नदेखिएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन्। जिल्लाका सबै मतदान केन्द्रलाई शान्तिपूर्ण बनाउन थप सुरक्षाकर्मी परिचालित गरिएको छ।