निर्वाचन लोकतन्त्रको मुटु र नागरिकको सार्वभौम अधिकारको अभ्यास गर्ने संवैधानिक अधिकार
नेकपा एमालेका सचिव तथा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले मतदान गरेका छन् । मैवाखोला गाउँपालिका– ३ साँघुको नारायणी मावि साँघु क केन्द्रबाट मतदान गरेका हुन् ।
मतदान गर्नका लागि भट्टराई बिहीबार साँघु पुगेका थिए । मतदान गरिसकेपछि भट्टराईले निर्वाचन लोकतन्त्रको मुटु र नागरिकको सार्वभौम अधिकारको अभ्यास गर्ने संवैधानिक अधिकार भएको बताए । मतदान नागरिकको अधिकार भएको सबैले मतदान गर्नु अनिवार्य भएको बताए ।