गौरमा माधव नेपालविरुद्ध नाराबाजी

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध गौरमा नाराबाजी भएको छ। गौरको वडा  नं. २ मा मतदान गरेर नेपाल अन्य मतदान केन्द्रमा गएपछि अन्य दलका नेता–कार्यकर्ताले नेपालविरुद्ध नाराबाजी गरेका हुन्। 

केहीबेर पहिला गौरीशंकर क्याम्पसमा रहेको मतदान केन्द्रभित्र छिर्न खोज्दा अन्य पार्टीका नेता–कार्यकर्ताले नेपालविरुद्ध नाराबाजी गरेका थिए। नेपालले आफ्नो पार्टीको उम्मेदवारलाई मत दिलाउन बुथ–बुथ चहार्दै हिँडेको लोसपा गौरका मेयर उम्मेदवार अजय गुप्ताले आरोप लगाए। 
 

सम्पादकको रोजाइ

सुझावित समाचार