आफूले रोजेको र खोजेको उम्मेदवारलाई निर्धक्क भई मतदान गर्न नेपालकाे आग्रह

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ स्थित रामजानकी कन्या आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरेका छन् ।     

उनले स्थानीय तह निर्वाचनअन्तर्गत सो केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले रोजेको र खोजेको उम्मेदवारलाई निर्धक्क भई मतदान गर्न आग्रह गरेका छन् ।  

यस्तै एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गृहजिल्ला इलामको सूर्योदय नगरपालिका–९ करफोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका छन् । 
 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार