मुगुका चारवटै निर्वाचन अधिकृतको कार्यालयमा सिसिक्यामेरा जडान

बिहिबार, २९ बैशाख, २०७९
डिजिटल संस्करण

मुगुका चारवटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सिसिक्यामेरा जडान गरिएको छ । स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सिसिक्यामेरा  जडान गरिएको हो ।  

छायानाथ रारा नगरपालिका, मुगुम कार्मारोङ गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयमा सिसिक्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत पुण्यप्रसाद सापकोटाले जानकारी दिए ।

छायानाथ रारा नगरपालिकाको लागि मुख्य निवार्चन अधिकृतको कार्यालय राखिएको जिल्ला अदालत मुगुको कार्यालयको भवनमा सिसिक्यामेरा जडान गरिएको छ ।

खत्याड गाउँपालिकाको गाउँपालिका कार्यालय भवन रहेको भवन राउतडीमा, सोरु गाउँपालिकाको पालिका भवन सोरुकोटमा र मुगम कार्मारोङको गाउँपालिका भवन पुलुमा सिसिक्यामेरा जडान गरिएको छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार