रसुवामा मतदाताले मतदान केन्द्रमा मोबाइल र क्यामेरा लैजान नपाउने

बिहिबार, २९ बैशाख, २०७९
डिजिटल संस्करण

भोलि हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाउने भएका छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले सम्पन्न गर्न रसुवामा यस्तो व्यवस्था गरिएको हो।

जिल्ला प्रशासन कार्यालय रसुवाले बिहीबार एक सूचना जारी गर्दै भनेको छ, ‘निर्वाचन आचारसंहिता, २०७८ को दफा १८ (क) बमोजिम मतदानस्थल तथा केन्द्रमा कानुनले निषेध गरेका प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान नहुने व्यवस्था भएकाले समस्त रसुवावासी मतदाता तथा सरोकारवालाहरूले सोबमोजिम गर्नु–गराउनु हुन हार्दिक अनुरोध छ।’

जिल्लामा यसपटक ३४ मतदानस्थल र ५१ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ। जिल्लामा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार आठ सय ८५ महिला गरी ३८ हजार पाँच सय ४५ मतदाता रहेका छन्।

सम्पादकको रोजाइ

सुझावित समाचार