गलकोटकी स्वतन्त्र उम्मेदवार ६ घण्टा प्रहरी नियन्त्रणमा

बिहिबार, २९ बैशाख, २०७९
डिजिटल संस्करण

गलकोटमा स्वतन्त्र उम्मेदवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गलकोट नगरपालिकाको मेयर पदको स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई इलाका प्रहरी कार्यालय गलकोटले नियन्त्रणमा लिएर ६ घण्टापछि छोडेको छ ।

बुधबार राति करिब १० बजेतिर गलकोट नगरपालिका– ९ वीरकोटमा उम्मेदवारले आचारसंहिताविपरीत पैसा बाँडेको सूचना पाएपछि प्रहरी त्यस स्थानमा पुगेको थियो । त्यस ठाउँमा उम्मेदवारको टोली नभेटिए पनि त्यसभन्दा केही तल गाडीसहित फेला परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मी जानकारी दिए।

उनले शर्मालाई १० बजे नियन्त्रणमा लिएर राति ३ बजे मात्रै छोडेको बताए। सामान्य छलफलपछि शर्मालाई छोडेको प्रहरी निरीक्षक रेग्मीले बताए। गलकोट नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद भुसालले यस विषयमा दुवै पक्षलाई बोलाएर छलफल गर्ने बताए।
 

सुझावित समाचार