मतदाता परिचय-पत्र चोरी गरेकोआरोपमा एकजना पक्राउ

बुधबार, २८ बैशाख, २०७९
डिजिटल संस्करण

बाजुराको बुढीगंगा नगरपालिका- ९ त्रिशक्ति मावि मतदान केन्द्रबाट २२ वटा मतदाता परिचय-पत्र चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी देवकी गौतमले बुधबार दिउँसो मतदाता परिचय-पत्र वितरण गर्दै गर्दा स्थानीय विकास थापाले कर्मचारीलाई छलेर २२ वटा मतदाता परिचय-पत्र लिएको मतदान अधिकृत नरेन्द्र भट्टले बताए।

कर्मचारीले थाहा पाएपछि तत्काल प्रहरीले थापालाई पक्राउ गरी २१ वटा फिर्ता गराएको र एउटा अझै पाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चतुर्भुज ओझाले बताए। थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार