घट्दै सुनको मूल्य

बुधबार, २८ बैशाख, २०७९
डिजिटल संस्करण

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  एक हजार रुपैयाँले घटेर  ९७ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९८ हजारमा कारोबार भएको थियो ।  
   
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार पाँच सय थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. ३० ले घटेर रु. एक हजार दुई सय ४५ तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ३९ डलर आसपास कारोबार भइरहेको छ ।

See More On

सुझावित समाचार