कांग्रेसका बागीले विज्ञप्तिमार्फत मेयरको उम्मेदवारी फिर्ता लिए, गठबन्धनलाई सघाउने घोषणा

सोमबार, २६ बैशाख, २०७९
डिजिटल संस्करण

देशकै ठूलो महानगरको रूपमा रहेको पोखराको मेयरका लागि मनोनयन दर्ता गरेका कांग्रेसका बागी उम्मेदवारले सोमबार विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेस वडा नम्बर १४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । 

पार्टीले दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निष्क्रिय भएको कार्कीले बताए । प्रेस विज्ञप्तिमा कार्कीले भनेका छन्, ‘साथीभाइको सल्लाह र अग्रज नेताहरूको आग्रहलाई मान्दै कांग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु । मेरो उम्मेदवारी आजैदेखि निष्क्रिय भएको छ ।’ 

कार्कीले समेत सघाएपछि पोखरामा गठबन्धलाई केही सहज भएको कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देलले जानकारी दिए ।

सम्पादकको रोजाइ

सुझावित समाचार