कांग्रेसले ७५ प्रतिशत स्थानमा जित हासिल गर्छ : प्रवक्ता महत

सोमबार, २६ बैशाख, २०७९
डिजिटल संस्करण
कांग्रेसले ७५ प्रतिशत स्थानमा जित हासिल गर्छ : प्रवक्ता महत

फाइल फाेटाे ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा कांग्रेसले ७५ प्रतिशत स्थानमा जित हासिल गर्ने दाबी गरेका छन्। पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले कांग्रेस एक्लैले पनि धेरै स्थानमा जित हासिल गर्ने र गठबन्धनमा रहेका दलको सहयोगबाट कांग्रेसले ७५ प्रतिशत स्थानमा जित हासिल गर्ने बताएका हुन्।

‘स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले धेरै स्थानमा जित हासिल गर्नेछ, अझ गठबन्धनका सहयोगी दलको सहयोगले अझै हामीले धेरै स्थानमा जित्नेछौँ,’उनले भने, ‘कांग्रेसले ७५ प्रतिशत स्थानमा जित हासिल गर्छ।’

सुझावित समाचार