निर्वाचन अवधिभर मदिरा बिक्री र सेवन गर्न नपाइने

सोमबार, २६ बैशाख, २०७९
डिजिटल संस्करण

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि लमजुङमा मादकपदार्थ बिक्री–वितरण तथा सेवन गर्न रोक लगाइएको छ। प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार यही वैशाख २७ गते राति १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादकपदार्थको बिक्री–वितरण तथा सेवन गर्न पाइनेछैन।

उक्त आदेशलाई बेवास्ता गरी बिक्री–वितरण तथा सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन–कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ। मादकपदार्थ बिक्री–वितरण तथा सेवन गर्न निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका, २०७८ को दफा ६ (थ) बमोजिम पूर्ण निषेध गरिएको हो।

सम्पादकको रोजाइ

सुझावित समाचार