बिओकेका ग्राहकलाई विभिन्न स्थानमा छुट

सोमबार, २६ बैशाख, २०७९
डिजिटल संस्करण

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई देशका विभिन्न कम्पनीसँग सम्झौता गरेको छ । बैंकले ४५ प्रतिशतसम्म छुट उपलब्ध गराउन विभिन्न होटेल, रेस्टुरेन्ट, बुटिक, जिम–फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरूसँग सम्झौता गरेको हो । 

बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले होटेल तथा रेस्टुरेन्टअन्तर्गत विराटनगरको एयरपोर्टचोकमा रहेको पर्पल हेज रेस्ट्रो एन्ड गार्डेनमा १५ प्रतिशत, बिर्तामोडको मीठो रेस्टुरेन्ट एन्ड थकाली किचनमा १० प्रतिशत, इमाडोलको नोबेल होटेल एन्ड स्विमिङ कम्प्लेक्समा १० प्रतिशत, बिर्तामोडकै मिटिङ प्वाइन्ट रेस्टुरेन्ट एन्ड बारमा ५ प्रतिशत छुट पाउने गरी सम्बन्धित कम्पनीसँग सम्झौता गरेको जनाएको छ । त्यस्तै, सौराहाको होटेल अर्थ लाइटमा २० प्रतिशत, इमाडोलको चिकेन स्टेसनमा १० प्रतिशत, इमाडोलकै सोलमारी रेस्ट्रो एन्ड मिटिङमा १५ प्रतिशत छुट पाउने जनाइएको छ । 

बैंकले बिर्तामोडको मेडिसिटी फार्मेसीमा १० प्रतिशत, जनकपुरको रामजानकी हस्पिटलमा १५ प्रतिशत, इमाडोलको नमो मनकामना डेन्टल एन्ड क्लिनिकमा २५ प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ । साथै, विराटनगरको पीपलचोकमा रहेको तनस्का फेसन स्टुडियोमा १५ प्रतिशत, ढल्कोको सेप्स फिटनेस जिममा ४५ प्रतिशतसम्मको छुट पाउने बैंकले जनाएको छ । छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने जनाइएको छ । 

See More On

सुझावित समाचार