मनमोहन पोलिटेक्निकका विद्यार्थीकाे आविष्कार प्रदर्शनी (फोटोफिचर)

आइतबार, २५ बैशाख, २०७९
डिजिटल संस्करण

मोरङको बुढीगंगा गाउँपालिका– ४ हात्तीमुढास्थित मनमोहन पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीले आफ्ना आविष्कार प्रदर्शन गरेका छन्। पोलिटेक्निक पसिरमा ०७५ साल अन्तिम ब्याचका विद्यार्थीले आइतबार सामूहिक रूपमा विभिन्न दुई दर्जन विषयमा आ–आफ्ना आविष्कार प्रदर्शन गरेका हुन्।

डिप्लोमा तहका विद्यार्थीले सोलारबाट चल्ने घाँस काट्ने मेसिन, आधुनिक ड्रिलर, अटोमेटिक सुई हान्ने मेसिनदेखि स्मार्ट रिचार्ज अटोमेटिक इरिगेसन सिस्टम, स्मार्ट हाई एग्रिकल्चर केयर सिस्टम, ब्याट्रीबाट चल्ने ह्विल चेयरलगायत १५ भन्दा बढी प्रारम्भिक आविष्कार प्रदर्शन गरका छन्।

विद्यार्थीको आविष्कारलाई प्रदेश १ सामाजिक विकास मन्त्रलायका सचिव दीर्घराज मैनाली, सिटिइभिटीका प्रदेश निर्देशक शिव दाहाल, मनमोहन प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार दिलनाथ फुँयाल र इन्जिनियरिङ  संकायका डिन डा. प्रचण्डमान प्रधानलगायतले अवलोकन गरेका छन्। मनमोहन पोलिटेक्निकमा ओभरसियर (डिप्लोमा) तीनवर्षे कोर्समा अध्ययनरत अन्तिम वर्षका विद्यार्थीले आफ्नो आविष्कार प्रदर्शन गर्दै आएका छन्।

उत्कृष्ट मानिएका आविष्कारलाई मनमोहन प्राविधिक विश्वविद्यालयको अनुसन्धान केन्द्रमा थप अनुसन्धानका लागि सहयोग प्रदान गरिने पोलिटेक्निकका प्रिन्सिपल सुदीप अधिकारीले जानकारी दिए। उनका अनुसार कम्पनीहरूले चाहेमा विद्यार्थीको आविष्कारलाई बजारीकरणका लागि पनि अधिकार प्रदान गरिनेछ।

सुझावित समाचार