सुनको प्रतितोला मूल्य ९८ हजार ६०० कायम

आइतबार, २५ बैशाख, २०७९
डिजिटल संस्करण

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु. ९८ हजारमा कारोबार भएको पहेँलो धातुको मूल्य  रु. ६ सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार  तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार एक सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार पाँच सय थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले बढेर रु. एक हजार दुई सय ८५ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ८३ डलर आसपास कारोबार भइरहेको छ। रासस

सुझावित समाचार