पराजित हुने डरले साम्प्रदायिक विवाद झिक्ने प्रयास हुँदै छ : अध्यक्ष प्रचण्ड

शनिबार, २४ बैशाख, २०७९
डिजिटल संस्करण
पराजित हुने डरले साम्प्रदायिक विवाद झिक्ने प्रयास हुँदै छ : अध्यक्ष प्रचण्ड

फाइल फाेटाे ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा हार्ने डरले धर्मको विवाद झिक्ने दुष्प्रयास भइरहेको बताएका छन् । शनिबार जनकपुर उपमहानगरपालिका–१३ मा भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

एमालेसँग सम्बन्धित मान्छेहरूले पराजित हुने डरले सामाजिक सद्भाव र एकता खलबल्याउने प्रयास गरिरहेको भन्दै उनले मतदातालाई सावधान रहन आग्रह गरे।

'तपाईंहरूको जित सुनिश्चित हुँदै जाँदा एकथरी मान्छेहरू यहाँ हिन्दु् र मुस्लिमको विवाद जन्माउने दुस्साहस र मूर्खता गर्दै छन्। तपाईंहरूले तिनीहरूलाई खबरदारी गर्नुपर्दछ,' प्रचण्डले भने, 'सामाजिक सद्भाव, जातीय सद्भाव र एकता खलबल्याउन खोज्ने ती सबै साम्प्रदायीक तत्व, मैले सुनेको छु, एमालेसँग सम्बन्धित मान्छेहरू निर्वाचनमा आफू पराजित हुने भएपछि हिन्दु–मुस्लिमका कुरा उठाउने षड्यन्त्र गर्दै छन्।'

सुझावित समाचार