चन्द्रागिरि नगरपालिकाका स्वतन्त्र उम्मेदवार रामहरि पनेरूले स्थानीय तहको निर्वाचनमा आफू निर्वाचत भए नगरमा रहेका सम्पूर्ण बेरोजगारलाई आफ्नै नगरमा रोजगारी दिइने प्रतिबद्धता जनाएका छन् ।
उनले नगरकल्याण कोष स्थापना गरी पूर्ण आधारहीन र असहाय परिवारलाई जीविकोपार्जन भत्ता उपलब्ध गराउने पनि प्रतिबद्धता-पत्रमा उल्लेख गरेका छन् ।
एकीकृत संगठित कृषि प्रणाली लागू गरी किसानले उत्पादन गरेको वस्तुलाई बिक्री वितरणको सुनिश्चिता गर्ने बताएका छन् । त्यस्तै उनले संगठित साना तथा घरेलु उद्योगलाई सञ्चालनमा ल्याउने, दैनिक उपभोग्य सामानहरू नगरमै उत्पादन गर्ने र नगरबासीले उपभोग गर्ने पनि बताए । पनेरूलाई निर्वाचन आयोगले गुलाबको फूल चुनाव चिह्न् दिएको छ ।
यस्तो छ उनको प्रतिबद्धता-पत्र
-नगर कल्याण कोष गठन गर्ने ।
-पूर्णआधारहीन र असाहाय परिवारलाई जीविकोपार्जन भत्ता उपलब्ध गराउने ।
-माटोको महिमा सबैलाई बुभाउने, कुषिको विकल्प छैन । कृषिबिना हाम्रो अस्तित्व धेरै समय रहन सक्दैन ।
-एकीकृत संगठित कृषि प्रणाली लागू गर्ने ।
-किसानको उत्पादनलाई पहिल्यै बिक्री वितरणमा सुनिश्चितता गर्ने ।
-संगठित साना तथा घरेलु उद्योगलाई सञ्चालनमा ल्याउने, दैनिक उपभोग्य सामानहरू नगरमै उत्पादन गर्ने र नगरवासीले उपभोग गर्ने ।
-नगरमा रहेका सम्पूर्ण बेरोजगारलाई आफ्नै नगरमा रोजगारी दिइने ।
-माटोको उर्बरता बचाउन, बेरोजगारी अन्त्य गर्न, वातावरण सन्तुलनमा ल्याउन हामीसँग नगरभित्र रहेका जति पनि सरकारी जमिन छ त्यसलाई उपयोगमा ल्याउने । विपन्न र बेरोजगार युवालाई लिजमा दिएर सिंगो नगरको विकासमा टेवा पुर्याउने । कृषि तथा आयमूलक वनस्पतिको वृक्षारोपण गर्ने ।
-नागढुंगा नाका नजिक एउटा कलात्मक तथा हाम्रो नगर संस्कृति झल्किने द्वार बनाउने जस्ले लाखौँ यात्रीलाई स्वागत गरोस् । सँगै व्यवस्थित शाैचालय र पिउने पानीको नि:शुल्क सेवा सञ्चालन गर्ने । त्यससँगै एउटा चौतारो (चन्द्रागिरि चौतारो) स्थापन गर्ने जसले लाखौँ मनहरूले हाम्रो चन्द्रागिरिलाई सम्झिरहून् ।
-दृष्टिविहीन सेवा केन्द्र स्थापना गर्ने ।
-आधारहीन अशक्तहरूको लागि सेवाकेन्द्र स्थापना गर्ने ।
- धार्मिक आस्थाको केन्द्र अनि हाम्रो राष्ट्रिय जनावर गाई (गौमाता नन्दीं) को संरक्षण र व्यवस्थापनको लागि नन्दी सेवा केन्द्र स्थापना गर्ने ।
-प्रत्येक वडामा आर्थिक युवा समूह गठन गर्ने ।
-पुरातत्व केन्द्र स्थापना गर्ने ।
-धार्मिक, सांस्कृतिक पुरातात्विक सम्पदाहरुको संरक्षण र व्यवस्थापन गर्ने ।
- ऐतिहासिक स्थलहरूमा संग्रहालय निर्माण गर्ने ।
-नगर महिला सहकारी बैंक स्थापना गर्ने ।
-सम्पूर्ण महिला समूहहरूको हितको लागि कार्य गर्ने ।
-व्यवस्थित कृषि तथा तरकारी बिक्री केन्द्र स्थापना गर्ने ।
-सबै वडामा हाट व्यवसाय सञ्चालन गर्ने ।
-श्रमिक परिवारजनको जीवनस्तर उकास्नको लागि आवास नहुने विपन्न नागरिकलाई विशेष सहयोग गरिने ।
-नगरभित्र रहेका सम्पूर्ण पर्यटकीय सम्भावना बोकेका ठाउँहरू, सातगाउँको जात्रा, थानकोट महालक्ष्मी जात्रा लगायतका स्थान तथा पर्वहरूलाई व्यापक प्रचार प्रसार गर्ने । जसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुगोस् र सिंगो नगरको नाम उच्च रहोस् ।
-खेलकुद विकासका योगदान पुर्याउने, वृद्ध, बालबालिकामैत्री नगर बनाउने ।
-वातावरण तथा पर्यावरणलाई उच्च प्राथमिकतामा राख्ने । हरित नगर बनाउने ।
-शिक्षा सभ्य समाजको आधार हो । त्यसैले शिक्षा गुणस्तरीय, सर्वसुलभ र जीवनोपयोगी बनाउन विशेष कार्यक्रम ल्याउने । प्राविधिक शिक्षामा विशेष जोड दिने ।
-स्वास्थ्य बिमा अनिवार्य गरिने । स्वास्थ्य केन्द्रहरूलाई व्यवस्थित बनाइने । निःशुल्क स्वास्थ्य उपचारको लागि विशेष पहल गरिने ।
-खानेपानी समस्या समाधान गर्ने ।
-नगर सुरक्षामा विशेष सतर्कता अपनाउने । नगरवासीलाई २४ सै घण्टा सुरक्षाको प्रत्याभूति गराइने ।
-भित्री नगर नाकाहरूमा कलात्मक द्वार बनाइने ।
-नगरवासीको जीवनयापनलाई सहज बनाइने ।
-भ्रष्टाचार कालोबजारीमुक्त समाज स्थापना गर्ने ।
-सदा नगर सेवामा समर्पित रहने ।
-वैदिक शिक्षा हामी नेपालीको बिरासत हो । तसर्थ संस्कृत भाषाको रथार्थ नगरभित्र संस्कृत विद्यालय स्थापना गरिने ।
-नेपाल भाषाको अस्तित्व जोगाई राख्न औपचारिक रूपमै अध्ययन अध्यापन गराइने ।