छोराले गरे आफ्नै आमाबुबाको हत्या

धारिलो हतियार प्रयोग गरि आमाबुबाको हत्या

शुक्रबार, २३ बैशाख, २०७९
डिजिटल संस्करण

ताप्लेजुङको फक्ताङलुङ– ६ ललेपमा छोराले बिहीबार बेलुका जन्मदिने बाबुआमाको हत्या गरेका छन् । ललेपको गोटीछाँगामा २५ वर्षीय छोरा आइतराज लिम्बूले ७५ वर्षीय बुबा वृखबहादुर र  ७२ वर्षीया आमा  फिपरानी लिम्बूको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले आइतराजले धारिलो हतियार प्रयोग गरी बुबाआमाको हत्या गरेको बताए । मादक पदार्थ सेवन गरी उनले बाबुआमाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । बाबुआमाको हत्या गर्ने आइतराजलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

See More On

सुझावित समाचार