नेकपा (एकीकृत समाजवादी)ले महानगर तथा उपमहानगरमा गठबन्धनका उम्मेदवार जिताउन पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय मिनभवनमा मंगलबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाहेक आफ्नो पार्टीका एकल उम्मेदवारलाई जिताउने तथा गठबन्धनबीच भएका सहमति कार्यन्वयन गर्न अन्तिम समयसम्म पहल गर्ने निर्णय गरेको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।
गठवन्धन र एकल उम्मेदवारसमेत नभएका स्थानीय तहमा दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने निर्णय भएको भुसालले बताए । 