केशव स्थापित, ओरेक र नेसनल कलेजलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

सोमबार, १९ बैशाख, २०७९
डिजिटल संस्करण
केशव स्थापित, ओरेक र नेसनल कलेजलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

फाइल तस्बिर

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । सार्वजनिक कार्यक्रममा आफूमाथि लागेको यौन दुराचारको विषयमा सोधिएको प्रश्नमा स्थापितले दिएको अभिव्यक्तिबारे २४ घण्टाभित्र स्पष्ट पार्न आयोगले स्थापित र सो कार्यक्रम आयोजना गर्ने नेसनल कलेजलाई निर्देशन दिएको आयोगका सहसचिव गुरुप्रसाद वाग्लेले जानकारी दिए । 

सहसचिव वाग्लेका अनुसार एमाले उम्मेदवार स्थापितको उम्मेदवारी खारेजीको माग गर्दै सामूहिक विज्ञप्ति जारी गर्ने ओरेकलगायत ४५ वटा गैरसरकारी संस्थालाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। 

सम्पादकको रोजाइ

सुझावित समाचार